इन्दिरा आईभीएफमा तेब्बर खुसी

इन्दिरा आईभीएफले तीन दम्पतीको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इन भिट्रो फर्टिलाइजेसन केसहरूको सफलताको घोषणा गरेको छ।
पहिलो केस- पहिलेदेखि नै रहेको मुटुलगायत स्वास्थ्य समस्याहरू र अघिल्लो गर्भपातको कारण गर्भ नबसेपछि इन्दिरा आईभीएफमा पुगेकी एक २६ वर्षीया महिलासँग सम्बन्धित छ । प्रारम्भिक जाँचमा उनीसँग सामान्यभन्दा कम अण्डाहरू रहेको संकेत स्वरूप एन्टि-मुलेरियन हर्मोन (एएमएच) को स्तर कम देखिएको थियो।

दोस्रो केस- रजोनिवृत्ति रएएमएच अति कम स्तरमा पुग्दा सात वर्षदेखि जटिल बाँझोपनसँग संघर्षगर्दै आएकी ४२ वर्षीया महिलाकाे हाे । आईयुआईको चार चक्र र आईभीएफको एक चक्रको असफल प्रयासपछि उनी सहयोग खोज्दै क्लिनिक पुगेकी थिइन्।
त्यस्तै, तेस्रो केस ४४ वर्षीया रजोनिवृत्तिमा प्रवेश गरेकी महिलाको थियोजसमा डिम्बाशय सामान्यभन्दा सानो हुने बाइल्याटरल एट्रोफिक ओभरीको समस्याको हाे । केही असफल आईयूआई प्रयासहरू समावेश रहेको उनको मेडिकल हिस्ट्री अनुसार उनको श्रीमानमा पनि शुक्राणु संख्या कम हुने एजुस्पर्मियाको समस्या थियो । यसले उनीहरूको प्रजनन समस्यामा थप जटिलता थपेको थियो। उमेर र अति कम एएमएच स्तरका कारण उनको प्राकृतिक प्रजनन क्षमतामा ह्रास आएको थियो। यी चुनौतीहरूका बावजुद क्लिनिकबाट प्राप्त सहायताले उनीहरूको आशा पनि जीवित रहन पुगेको थियो।


वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभीएफकि केन्द्र प्रमुख डा. नेहा होमागाईको नेतृत्वमा रहेको टोलीले यी दम्पतीले लामो समयदेखि भोगिरहेको भावनात्मक र शारीरिक कष्टलाई विचार गरेर पर्सनालाइज्ड आईभीएफ योजनाहरू प्रदान गरेका थिए।
२७०० भन्दा बढी व्यक्तिहरूको समर्पित टोलीको साथ भारतमा १३० भन्दा बढी केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले भारतमा प्रत्येक वर्ष ४०,००० भन्दा ज्यादा प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गर्छ। अत्याधुनिक प्रजनन समाधानहरू प्रदान गर्न सधैं अग्रसर इन्दिरा आईभीएफ देशका आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्न अटल समर्पणका साथ नेपालमा प्रवेश गरेको हाे। केन्द्रका सबै डाक्टरले भारतमा अवस्थित इन्दिरा फर्टिलिटी एकेडेमीबाट बृहत् प्रशिक्षण अनुभव लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

इन्दिरा आईभीएफमा तेब्बर खुसी