भाइबरले फेरि ल्यायो एक्सप्लोर नेपाल नयाँ वर्ष अभियान

राकुटेन भाइबरले नयाँ वर्षकाे अवसरमा एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरु गर्दैछ। यसले देशका आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाहरूलाई अझै प्रष्ट रुपमा चिनाउने विश्वास गरिएको छ।
भाइबरले एक्स्प्लोर नेपाल च्यानललाई रोमाञ्चक अभियानको रूपमा अघि लैजान ट्राभल भ्लगर घुमन्तेलाई आमन्त्रित गरेको छ। २०८० चैत ७ देखि सुरु भएकाे भर्चुअल अभियानमा आफ्ना ग्राहकलाई घुमन्तेले नेपालका विविध भू-भागमा रमाइला पोष्टहरू गर्दै र यात्रासम्बन्धी ह्याकहरू साझेदारी गर्दै घुमाउन लैजाने भाइबरले जनाएकाे छ ।
अभियानको विशेष आकर्षणका रूपमा सहभागीहरूका लागि आकर्षक उपहारहरु पनि भाइबरले राखेकाे छ । च्यानलले प्रत्येक हप्ता एक क्विजको आयोजना गर्नेछ जहाँ भाग्यशाली सहभागीहरूले निम्न पुरस्कार जित्न सक्नेछन् :
● तीन जना विजेताका लागि बस सेवा मार्फत् प्रत्येक हप्ता पोखराका लागि दुईवटा प्रिमियम राउन्डट्रिप बस टिकटहरू
● एकजना विजेताका लागि सस्तो टिकटबाट प्रत्येक हप्ता पोखराका लागि दुईवटा राउन्डट्रिप डोमेस्टिक फ्लाइट टिकट
● सस्तो टिकटले एक भाग्यशाली विजेता (दुई यात्रु) लाई अविस्मरणीय माउन्टेन फ्लाइट
● बम्पर प्राइज: प्रत्येक दुई विजेतालाई रानीबन रिट्रिट, पोखरामा ४ जनाको ग्रुपका लागि दुई रातको लक्जरी स्टे
एक्सप्लोर नेपाल च्यानल मार्फत् युजरहरूले नेपालका लुकेका सम्पदालाई कसरी उजागर गर्ने तथा नेपाली जनता र सम्पदाबीचको बलियो बन्धनलाई कसरी बढाउने भन्ने बारेमा प्रेरणा पाउन सक्ने पनि भाइबरले जनाएकाे छ।