शाओमीले ल्यायो ‘नयाँ साल–नयाँ नोट’ अफर

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् ।

रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य रु. ५,६९९ हो ।

त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली बजारमा उच्च गुणस्तरीय, पहुँचयोग्य प्रविधि प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

रेड्मी १३ नोट सिरिज अन्तर्गत तिन प्रकारका फोनहरु उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि ।

६ जिबि र्‍याम + १२८ जिबी स्टोरेज र ८ जिबि र्‍याम + २५६ जिबी स्टोरेज गरी दुई प्रकारमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा सहित उपलब्ध छ ।

त्यसैगरी रेड्मी नोट १३ प्रो मा इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

शाओमीले ल्यायो ‘नयाँ साल–नयाँ नोट’ अफर