सेयर बजारमा दिनदिनै उथलपुथल किन ?

सेयर बजारमा दिनदिनै उथलपुथल किन ? पछिल्ला केही दिनमा सेयर बजारमा तीव्र उथलपुथल देखिएको छ । नेप्से परिसूचक बुधबार ९०.७३ अंकले घट्याे । मंगलबार ६.९४ अंकले बढेको थियो । सोमबार भारी अंकले बढेको थियो । १२७.३२ अंकले बढ्दै सोमबार परिसूचक २८२३ बिन्दुमा उक्लिएको थियो भने आइतबार ५३.६३ अंकले घटेको थियो । कारोबार रकममा पनि पछिल्ला केही दिन गिरावट आएको छ । बुधबार १२ अर्ब ९२ करोडको कारोबार भयाे । मंगलबार १३ अर्ब ४० करोड र सोमबार १२ अर्ब ९१ करोड मूल्यको सेयर खरिदबिक्री भएको थियो । यसरी पछिल्ला केही दिन बजारमा देखिएको तीव्र उतारचढावलाई लगानीकर्ताहरूले भने सकारात्मक रूपमा लिएका छन्…

कुमारीले ल्यायाे क्युआर मर्चेन्ट फोन लोन सुविधा

कुमारीले ल्यायाे क्युआर मर्चेन्ट फोन लोन सुविधा कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ । उद्यमशीलता प्रवर्द्धनका लागि 'देशैभरि वर्षैभरि' उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले यो योजना सञ्चालन गरिरहेको हो । यस योजना अन्तर्गत उद्यमीहरूले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरूमा आफ्ना व्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक कम्तीमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरूले दुई लाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि…

ग्लोबल आइएमई बैंककाे ग्लोबल जुनियर एप सार्वजनिक

ग्लोबल आइएमई बैंककाे ग्लोबल जुनियर एप सार्वजनिक ग्लोबल आइएमई बैंक लिमिटेडले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको हो । बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङ्गको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समुहका बालबालिकाहरुले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्ने बैंकले जनाएकाे छ । यो एप मार्फत बालबालिकाले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले…

यामाहाले ल्यायो बिगेस्ट १०शैं अफर

यामाहाले ल्यायो बिगेस्ट १0शैं अफर नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइड़सले दशैं, तिहार र छठ जस्ता पर्वलाई मध्यनजर गरी नयाँ बिगेस्ट १०शै नामक योजना ल्याएको छ। यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यास ब्याक उपहार समेत प्राप्त गर्ने छन । महान चाड दशैंलाई नाम जस्तै भव्य र ठूलो बनाउने सोच अनुसार यामाहाले यो अफर ल्याएको हो । यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले यामाहा ग्राहकहरूले यसपालीको दशैं अहिले सम्मकै ठूलो…

निराशाजनक अवस्थामै सकियो नाडा अटाे शो

निराशाजनक अवस्थामै सकियो नाडा अटाे शो नाडा अटो शो २०२४ को प्रदर्शन समाप्त भएको छ । यो वर्षको नाडा अटो शोको तामझाम धेरैभए पनि खास उपलब्धि हुन सकेन । अहिले केही नयाँ ब्राण्डले नेपाली बजारमा प्रर्दशन गरे पनि निराशा जनक उपलब्धि हात परेको बुझिएको छ । बजारमा केही नयाँ ब्राण्डको आगमन भएसँगै नयाँ मोडलबीच खास उपलब्धि मूलक प्रतिस्पर्धा भने भएन । मूल्य, डिजाइनमा निकै प्रतिस्पर्धा भयो । ग्राहकको रोजाइमा डोङफेङ नामी र टाटा पन्चले भने केही आशा जगाए ।

साताकाे दाेस्राे दिन सेयर बजारमा उछाल

साताकाे दाेस्राे दिन सेयर बजारमा उछाल केही दिनदेखि घटिरहेको शेयर बजारमा पुनः उछाल आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा रोकिएको छ । साेमबार १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । आइतबार १० अर्बको कारोबार भएको थियो । ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएको छ । २३९ कम्पनीको मूल्य वृद्धि भएको छ भने ५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाइ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक…

सहकारी ठगीमा प्रहरीले लियाे रवि लामिछानेसँग बयान

सहकारी ठगीमा प्रहरीले लियाे रवि लामिछानेसँग बयान प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मासहितको टोलीले साताअघि काठमाडौं आएर पूर्वगृहमन्त्री लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको हो । सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि २०८० माघ १६ मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् । ३१ असार २०७८ मा लामिछानेको नाममा सहकारीको १…

फोनपेको बोहनीले व्यवसायीलाई फाइदा

फोनपेको बोहनीले व्यवसायीलाई फाइदा फोनपेले देशभरका व्यवसायीलाई लक्षित गर्दै आफ्नो पहिलो भुक्तानी सेवा बोहनी सुरु गरेकाे छ । यसले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ। फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा व्यवसायीले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुका साथै उधारो दिनुपर्ने झन्झटलाई सजिलै टार्न पनि सक्नेछन्। अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत भुक्तानी लिएको हुनु पर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ EV Scooter जित्ने अवसर पनि प्राप्त गर्नेछन् । फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार…

एनआइएमबीको मोबाइल बैंकिङ्गमार्फत पाँच लाखसम्मको कर्जा सुविधा

एनआइएमबीको मोबाइल बैंकिङ्गमार्फत पाँच लाखसम्मको कर्जा सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो सुविधा मार्फत बैंकका योग्य ग्राहकहरुले एपबाटै रु.५ लाखसम्मको कर्जा बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले सो कर्जाको सहज भुक्तानीको लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरु समेत प्रदान गरेको छ । यसमा ग्राहकहरुले १ महिनाभित्र वा बढीमा ३६ महिनासम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटी तिर्न चाहने ग्राहकहरूका लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जनाएको…

५३.६३ अंकले घट्याे नेप्से

५३.६३ अंकले घट्याे नेप्से साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै…