कुमारीले ल्यायाे क्युआर मर्चेन्ट फोन लोन सुविधा
कुमारीले ल्यायाे क्युआर मर्चेन्ट फोन लोन सुविधा कुमारी बैंकले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिरहेको छ । उद्यमशीलता प्रवर्द्धनका लागि 'देशैभरि वर्षैभरि' उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले यो योजना सञ्चालन गरिरहेको हो । यस योजना अन्तर्गत उद्यमीहरूले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरूमा आफ्ना व्यवसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक कम्तीमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरूले दुई लाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोबाइल बैकिङ एप प्रयोग गरि…