अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको बताएका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उदघाटन गर्दै दाहालले पछिल्लाे समय अर्थतन्त्र ठीक बाटोमा अगाडि बढेको दाबी गरेका हुन् । प्रभावकारी कार्यान्वयन गर्न अब सरकारले बजेट बनाउने ढाँचा नै बदल्ने पनि उाले बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट बक्तव्यमा ३ करोडभन्दा कम लागतका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भईसकेको उनले जानकारी गराए । दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा पनि जोड दिए । रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा…

६ महिनामा डेढ अर्बको दुग्धजन्य पदार्थ आयात

६ महिनामा डेढ अर्बको दुग्धजन्य पदार्थ आयात नेपालले ६ महिनाको अवधिमा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ भित्र्याएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको दुग्धजन्य पदार्थ भित्रिएको हो । सोही अवधिमा नेपालबाट केही परिमाणमा दुग्धजन्य वस्तु पनि बाहिरिएको छ । जसअनुसार ६ महिनाको अवधिमा ६ करोड ३४ लाख ६५ हजार रुपैयाँको दुग्धजन्य पदार्थ निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । दुग्धजन्य पदार्थमा नेपालले १ अर्ब ३७ करोड ५४ लाख ५८ हजार व्यापार घाटा बेहोरेको छ । ६ महिनाको दुग्धजन्य पदार्थको कारोबारबाट ५७ करोड ७८ लाख…

फेब्रुअरी १५ मा दुबईमा रोजगार मेला

फेब्रुअरी १५ मा दुबईमा रोजगार मेला सन् २०२४ फेब्रुअरी १५ मा दुबईमा रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवालाहरुको सहकार्यमा मेला गर्न लागेको हो । दुबईको अबुधाबीमा हुने मेलामा मन्त्रालय र बोर्डका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायीहरु, पर्यवेक्षक एवं आमन्त्रित व्यक्तिहरु, रोजगारदाताहरु समेत गरी करिब २५० जना सहभागी रहनेछन् । मेलामा ५० वटा स्टल रहनेछ । जसमा वैदेशिक रोजगार बोर्डको समेत एउटा स्टल रहनेछ । मेलामा सहभागी हुने सरकारी प्रतिनिधिमण्डलको संख्या र नाम टुंगो लागेको छैन ।

‘ओमोडा ई ५’ ईभी नेपाली बजारमा

‘ओमोडा ई ५’ ईभी नेपाली बजारमा एसपीजी अटोमोबाइल्स प्रालिले ४३० किलोमिटर रेन्ज दिने ‘ओमोडा ई ५’ ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । ओमेडा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले शुक्रबार लङ रेन्ज ओमेडा ईभी नेपाली बजारमा लन्च गरेको हो । ओमेडाको ई५ ले ४३० किलोमिटरको रेन्ज दिने दाबी गरेको छ । ओमोडा ई५ को सुरूवाती मूल्य ४९ लाख ४९ हजार रहेको जनाएको छ । गाडीमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडष्टिभ कुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर…

यतीले ल्यायाे थप दुई एटिआर विमान

यतीले ल्यायाे थप दुई एटिआर विमान यती एअरलाइन्सले थप दुई वटा एटिआर ७२–५०० विमान खरिद गरेको छ । ७२ सिट क्षमताको दुईवटै विमान यतीले बंगलादेशबाट किनेको हो । सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा एटीआर पुर्‍याउने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ । यती एयरलाइन्सले काठमाडौँ,…

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९…

क्यान इन्फोटेक २०२४ माघ २३ देखि

क्यान इन्फोटेक २०२४ माघ २३ देखि क्यान इन्फोटेक २०२४ माघ २५ देखि काठमाडौंमा सञ्चालन हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले बिहीबार बिहीवार पत्रकार सम्मेलन गरी मेलाकाे तयारी अन्तिम चरणमा पुगेको जनाएकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले क्यान महासंघको आयोजनामा मेला गर्न लागिएको बताइएको छ । पत्रकार सम्मेलनमा महासंघका महासचिव चिरञ्जीवि अधिकारीले माघ २५ बाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९ औं संस्करणको क्यान इन्फोटेक मेला हुन लागेको बताए । उनले यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत…

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलकाे फोरजी सेवामा थप सुधार

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलकाे फोरजी सेवामा थप सुधार एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरुमा फोरजी सेवामा थप सुधार गरेको छ । यससँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरुले सुधारिएको फोरजी सेवा पाएको कम्पनीले जनाएको छ । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीको भनाइ छ । हाल सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहामा फोरजी सेवा सुधार गरिएको छ । त्यसैगरी लुम्बिनीका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरिएको छ…

छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको आराेपमा अरुण चाैधरी पक्राउ

छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको आराेपमा अरुण चाैधरी पक्राउ उद्याेगी व्यवसायीकाे आपत्ति, धरपकड नगर्न चेतावनी बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा सीआइबीले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । छाला उद्योगको १० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा उनलाई पक्राउ गरिएको सीआइबी स्रोतले जनायो । चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन् । २०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आडमा चौधरी र थापालगायतले हडपेको पाइएकाले पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । उद्योगी व्यवसायीहरुले उद्यमी चौधरीलाई दोषी जसरी पक्राउ गरिँदा आफूहरु…

लालपूर्जा दिन चार हजार घुस लिने अमिनविरुद्ध मुद्दा

लालपूर्जा दिन चार हजार घुस लिने अमिनविरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार रुपैयाँ घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । नापी कार्यालय पश्चिम नवलपरासीमा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिन सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ । आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।