यतीले ल्यायाे थप दुई एटिआर विमान

यती एअरलाइन्सले थप दुई वटा एटिआर ७२–५०० विमान खरिद गरेको छ ।
७२ सिट क्षमताको दुईवटै विमान यतीले बंगलादेशबाट किनेको हो । सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा एटीआर पुर्याउने कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ ।
यती एयरलाइन्सले काठमाडौँ, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ ।अन्तर्राष्ट्रियतर्फ भने चार्टर र नन–सेड्युल उडान गर्दै आएको छ ।