अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको बताएका छन् ।

उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उदघाटन गर्दै दाहालले पछिल्लाे समय अर्थतन्त्र ठीक बाटोमा अगाडि बढेको दाबी गरेका हुन् ।

प्रभावकारी कार्यान्वयन गर्न अब सरकारले बजेट बनाउने ढाँचा नै बदल्ने पनि उाले बताएका छन् ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट बक्तव्यमा ३ करोडभन्दा कम लागतका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भईसकेको उनले जानकारी गराए । दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा पनि जोड दिए ।

रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको साँढे दुई तले प्रशासनिक भवन ७ करोड ८७ लाख लागतमा निर्माण सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी