राष्ट्र बैंकले २१९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले २१९ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ७५ करोड २० लाख, ‘ख’ वर्गका बैंकले ३२ करोड ८५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड ९५ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको…