सामसङले सार्वजनिक गर्यो ‘ग्यालेक्सी एस२५ सिरिज’

सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनको प्रि-अर्डर सुरु भएको घोषणा गरेको छ ।
काठमाडौमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सामसङले आफ्नो हालसम्मकै सबैभन्दा नेचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभव दिने ‘ट्रु एआई कम्प्यानियन’ भएका यी स्मार्टफोन प्रस्तुत गरेको हो।
सम्मेलनमा सामसङ नेपालका निर्देशक प्रणयरत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६ अश्मी श्रेष्ठले ‘ग्यालेक्सी एस२५ सिरिज’ अनावरण गरे । ‘सामसङले गत वर्ष ग्यालेक्सी एआईसाथ मोबाइल एआई युग सुरुवात गरेको थियो। अब हामी ग्यालेक्सी एस२५ सिरिजसाथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौं, र तपाईंको यो ट्रु एआई कम्प्यानियनले स्मार्टफोन र संसारसँगको अन्तक्र्रिया गर्ने तरिकामा परिवर्तन गर्दै छ,’ निर्देशक श्रेष्ठले भने, ‘ग्यालेक्सी एस२५ सिरिजले तपाईंलाई सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै सल्लाह र सुझाव दिने छ ।’
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ सिरिज सामसङको दीर्घकालीन दृष्टिकोणको पहिलो कदम हो, जसले एआई एजेन्ट र मल्टिमोडेल क्षमतालाई प्रयोगकर्ताको अन्तक्र्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।
यो सिरिजमा विशेषगरी कस्टमाइज गरिएको स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईका लागि उच्चतम प्रोसेसिङ पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनसाथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ ।
ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजÞाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वानयुआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पिच, इमेज र भिडियोहरू इन्टरप्रेट गरेर प्रयोगकर्ताका अन्तक्र्रियालाई नेचुरल बनाउँछन् । ग्यालेक्सी एस२५ सिरिजले सन्दर्भ–समझदारीका साथ सुझाव प्रदान गर्दै कार्य खोज्न सजिलो बनाउँछ । जिफ सेयर गर्ने वाइभेन्टको विवरण राख्ने कार्यजस्ता कामका लागि झन्झटविना विभिन्न एपबीच सजिलै स्विच गर्न सकिन्छ ।
यी स्मार्टफोनले नेचुरल ल्यांग्वेज बुझ्ने प्रक्रियामा पनि ठूलो प्रगति ल्याएर दैनिक अन्तक्र्रियालाई अझ सहज बनाएका छन् । उदाहरणका लागि प्रयोगकर्ताले केवल सोधेर सामसङ ग्यालरीमा एउटा छनोट गरिएको फोटो खोज्न वा सेटिङमा डिस्प्ले फन्टको आकार समायोजन गर्न सक्छन् ।
त्यस्तै ग्यालेक्सी एस२५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्टिभेट गर्न सकिन्छ । यसले सामसङ र गुगल एपका साथै स्पटिफाई जस्ता तेस्रो–पक्ष एपहरूसँग सहज अन्तक्र्रिया सुनिश्चित गर्दछ । उदाहरणका लागि आफ्नो मनपर्ने स्पोटर््स टिमको सिजन तालिका खोजेर केवल एक कमान्ड मार्फत सामसङ क्यालेन्डरमा थप्न सकिन्छ ।
ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि एआई उपकरणमा सुधार ल्याएको छ । गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र यूआरएल सजिलै चिन्ने सामसङले जनाएको छ ।
त्यस्तै कल ट्रान्सस्क्रिप्ट र समरीले कल व्यवस्थित गर्दछ । राइटिङ एसिस्टले कन्टेन्ट समराइज गर्न वा नोटको स्वतः स्वरूप फम्र्याट गर्न सहयोग गर्दछ । ड्रइङ एसिस्टले स्केच, टेक्स्ट वा इमेज प्रम्प्टहरूको संयोजन मार्फत नयाँ रचनात्मक सम्भावना अन्वेषण गर्न सहज बनाउँछ ।