काँकडभिट्टाबाट ३ महिनामा साढे ३ अर्बकाे सामान निर्यात

नेपालकाे सुदूर पूर्वीनाका काँकडभिट्टाबाट कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा ३ अर्ब ६९ करोड ५ लाख मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन भारत, बङ्गलादेशलगायतका मुलुकमा निर्यात भएको छ ।

यस अवधिमा सबैभन्दा बढी १ अर्ब ६६ करोड ८ लाख मूल्य बराबरको चिया निर्यात भएकाे छ भने अलैँची, अम्रिसाे, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा गएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार ९८ करोड ९६ लाख बराबरको अलैँची, ५३ करोड १२ लाख बराबरको प्लाइउड, ३० करोड ४६ लाख मूल्यको अदुवा र १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको अम्रिसाे निर्यात भएको छ ।

त्यसैगरी १ करोड ७२ लाख मूल्य बराबरको मुसुरो दाल, २० लाख ४८ हजार मूल्य बराबरको बन्दाकोभी र २९ हजार मूल्य बराबरको मुला भारत गएकाे छ ।

चिराइतो, पीपला, अमला, मजिठो, सुगन्ध कोकिल, धूपी, पदमचाल, चुत्रोजस्ता जडीबुटी पनि उल्लेख्य मात्रामा निर्यात भएकाे कार्यालयले जनाएकाे छ । यीमध्ये चिराइतो सबैभन्दा बढी निर्यात भएको छ ।

आव २०८०–८१ को प्रथम त्रैमासिक अवधि साउन, भदौ र असोजमा तरकारी, जडीबुटी, प्लाइडका सामान, अम्रिसोलगायत कूल ५ अर्ब २७ करोड ३६ लाख २९ हजार बराबरको नेपाली उत्पादन भारत, बङ्गलादेशलगायत मुलुकमा निर्यात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

काँकडभिट्टाबाट ३ महिनामा साढे ३ अर्बकाे सामान निर्यात