ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन

अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले ‘भ्यालेन्टाइन्स डे’ का लागि ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन ल्याएको छ ।

क्याम्पेनअन्तर्गत ग्राहकले ब्लाक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् । डेकरका उत्पादनहरु स्टाइलिश, टिकाउ र भरपर्दो भएकाले आफ्नो नजिकको व्यक्तिलाई गिफ्ट दिन प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाइ छ ।

ब्लाक एण्ड डेकरले सामाजिक सन्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ । प्रयोगकर्ताले प्रतियोगिता पोस्टमा आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्नेछ र पोस्ट लाइक शेयर गर्नु पर्नेछ र जसमध्ये एक भाग्यशाली बिजेताले ब्लाक एण्ड डेकरको कफि मेकर जित्न सक्नेछन् ।

ब्लाक एण्ड डेकरको बिशाल प्रोडक्ट रेन्जमा एयर फ्राइर, इलेक्ट्रिक ओभन, टोस्टर ओभन(ओटीजी), इलेक्ट्रिक प्रेसर कूकर, एअर ह्युमिडिफायर, जुसर, ब्लेन्डर, मिक्सर, मिन्सर, भ्याकुम क्लिनर, गार्मेन्ट स्टिमर, स्टिम मोप, ओएफआर हिटर, फ्यान हिटर, कफी मेकर, कित्ली जस्ता थुप्रै एप्लायन्सहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन