सुनकाे मूल्यमा रेकर्ड : तोलाकै १ लाख २६ हजार

सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनकाे मूल्य आइतबार १ लाख २६ हजार कायम भएकाे छ । शुक्रबार प्रतितोला १ लाख २५ हजारमा कारोबार भएको सुन आइतबार प्रतितोला १ हजारले बढेकाे हाे ।
महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय ताेकिएको छ । तेजाबी सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख २४ हजार ४ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य शुक्रबार दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर १ हजार ४ सय ७५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1