वीरगन्जमा अवैध सामान ओसारपसार निरन्तर

वीरगन्जमा भारतबाट अवैध सामान ओसारपसारको काम रोकिएको छैन । हरेक दिनजसो अवैध रूपमा आएका सामान पक्राउ भइरहेका छन् ।
वीरगन्जमा भन्सार छलेर लुकाइराखेको अवस्थामा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धानको टिमले चिनी, केराउ र लत्ताकपडा बरामद गरेको छ । तस्करले स्थानीयको घरमा गोदाम गरेर राखेको अवस्थामा उक्त सामान बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षकले विशेष सुराकीका आधारमा अवैध सामान पक्राउ गरेको बताए । उनले गोदाममा चिनी, केराउ, लत्ताकपडासहितका सामान रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1