धिताेपत्र बाेर्डकाे अध्यक्षका लागि १९ आकांक्षी

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आकांक्षा राखेका छन् । बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० मा सकिएपछि नयाँ अध्यक्ष नियुक्तिकाे प्रक्रिया थालिएकाे हाे ।

अध्यक्ष सिफारिस गर्न सरकारले माघ ४ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । अध्यक्ष सिफारिससम्बन्धी कार्यविधि २०८० जारी भएसँगै फागुन १६ मा समितिले आवेदन खुला गरेको थियो । आवेदन दिने म्याद बुधबार सकिएको छ ।

अध्यक्षका लागि बीमा समितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपालप्रसाद भट्ट, बोर्डकै कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलगायतले आवेदन दिएका छन् ।

त्यसैगरी सन्तोषनारायण श्रेष्ठ, निरज गिरी, केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, रघुराज काफ्ले, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, बिमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्कीकाे पनि आवेदन परेकाे छ ।

समितिले नै आवेदन परेकामध्येबाट तीन जनाकाे नाम अध्यक्षका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ । अर्थले सो नाम क्याबिनेटमा प्रस्ताव गर्नेछ । त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा ३ मध्येबाट एक जनालाई मन्त्रिपरिषदले अध्यक्ष नियुक्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

धिताेपत्र बाेर्डकाे अध्यक्षका लागि १९ आकांक्षी