कृषि अध्ययनरत विद्यार्थीका लागि एग्रो टाइम्स लेखन प्रतियोगिता

एग्रो टाइम्स मासिक पत्रिकाले कृषि जेटिएदेखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी विषय अध्ययनरत वा अध्ययन पूरा गरेका विद्यार्थीलाई लक्षित गरी यसै महिनाबाट लेखन प्रतियोगिता सुरु गरेको छ ।

भदाैका लागि नेपालमा कृषि शिक्षाको महत्व र वर्तमान अवस्था शीर्षक तोकिएको छ । प्रतियोगितामा कृषिअन्तर्गतका विभिन्न विधामा अध्ययन गरिरहेकाले सहभागी हुन सक्नेछन् । प्रतियोगितामा छनोट भएका ४ वटा लेखलाई नगदसहितको उत्कृष्ट मेडल तथा कदरपत्र सहितको पुरस्कारको समेत व्यवस्था गरिने एग्रो टाइम्स मिडिया नेटवर्कले जनाएकाे छ ।

प्रतियोगितामा सहभागी हुन लेख दिइएको शीर्षकसँग जोडिएको बिषयमा सम्बन्धित हुनुपर्ने, लेखक कृषि जेटिएदेखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी विषय अध्ययन गर्ने वा अध्ययन पुरा गरेको हुनु पर्ने, २८ बर्ष ननाघेको हुनुपर्ने, अध्ययन गरीरहेको भन्ने खुल्ने गरी आवश्यक परिचय पत्र वा अध्ययन गरिरहेको संस्थाको सिफारीस वा कुनै अध्ययन गरिरहेको खुल्ने कागजातको फोटो कपी वा स्क्यान फोटोसमेत पठाउन सकिने मापदण्ड ताेकिएकाे छ ।

हामीले उपलब्ध गराइएको विषयको बारेको लेख कम्तीमा ८०० शब्दमा र बढीमा १००० शब्द समेटिएको र शुद्ध नेपाली भाषामा हुनु पर्नेछ । अत्यधिक चलनचल्तीमा नेपाली सबैले बुझ्ने शब्दहरु भने मान्य हुनेछ् । शुद्धता समेत मुल्यांकनमा पर्ने भएकोले अंकभार मापनमा शुद्धता समेत जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

कृषि अध्ययनरत विद्यार्थीका लागि एग्रो टाइम्स लेखन प्रतियोगिता