भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट

नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएकाे छ । होन्डाका मुख्य बिजनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्‍घाटन गरका छन् ।

१ अर्ब ५० करोड लगानीमा दुई लाख स्क्वायर फुट क्षेत्रफलमा फैलिएको प्लान्टले वार्षिक एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन गर्ने कम्पनीले बताएको छ । एसेम्ब्लिङ प्लान्ट स्थापना भएसँगै सहायक कम्पनी हिमाल मोटो प्रालि मार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ सेवा उपलब्ध हुने नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले जनाएको छ।

नेपालमा ५५ वर्षदेखि विक्री हुँदै आएको होन्डा दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुनेमध्येको ब्राण्ड हो ।

प्लान्ट उद्घाटन कार्यक्रममा संघीय सांसद छविलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, प्रदेशसभा सदस्य भगवती चौधरी, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति, स्याकार ट्रेडिङ कम्पनीका उपाध्यक्ष सुरीद ज्योति लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

भैरहवामा खुल्यो मोटरसाइकलको एसेम्ब्लिङ प्लान्ट