लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी लगानीकर्तालाई अर्थमन्त्रीकाे आग्रह

अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका क्षेत्र पहिचान गर्न अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् ।

हाल अमेरिकामा रहेका पुनले अमेरिकी च्याम्बर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा आयोजित राउण्ड टेवल छलफलमा उक्त आग्रह गरेका हुन् ।

कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्जली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्बर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा नेपालमा लगानी गरिरहेका अमेरिकी कम्पनीहरुको समेत सहभागिता थियो । नेपालमा वैदेशिक लगानी भित्र्याउने अभिप्रायले गर्न लागिएको तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते हुँदैछ ।

अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्षहरु अकिहितो निशिओ र गुन्जे चेनसँग पनि भेट गरेका छन् । चेनसँगको भेटमा पुनले उपल्लो अरुण जलविद्युत आयोजनाका लागि बैंकको लगानीसम्बन्धी विषयमा छलफल गरेका थिए ।

पुनले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग भेट गरी अर्को चरणको निगमको लगानी विस्तार गर्नेबारेमा छलफल गरेका थिए । निगमले नेपालमा साना व्यवसायको वित्तीय साधन पहुँचका लागि महिलाहरुले सञ्चालन गरेका फर्म तथा पर्यावरणमैत्री आयोजनाका लागि ग्लोबल आइएमई बैंकमार्फत पाँच करोड ६० लाख डलर बराबरको लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी लगानीकर्तालाई अर्थमन्त्रीकाे आग्रह