शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु सिमेन्ट उत्पादक संघको अध्यक्ष निर्वाचित

नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु सर्वसम्मत चयन भएका छन् ।
संघको २० औं वार्षिक साधारणसभाले आगामी ३ वर्षका लागि मारुलाई अध्यक्षमा चयन
गरेको हो । मारु लामो समयदेखि सिमेन्ट उद्योगमा आवद्ध छन् । नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालीन तथा अल्पकालीन समस्या समाधान, स्थायित्व, गुणस्तरीय उत्पादन, बजार व्यवस्थापनजस्ता
कुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्ने
उनले बताएका न् । सम्पूर्ण सिमेन्ट उद्योगीलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंबकिब तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरुसँगको समन्वयमा समाधान गर्ने उनको प्रतिबद्धता छ ।
नेपाल सिमेन्ट उत्पादक संघको २० औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको चयनगरिएको थियो । नयाँ कार्यसमितिको उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुण कर्ण चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु सिमेन्ट उत्पादक संघको अध्यक्ष निर्वाचित