फोटोन टुनल्याण्ड G7 अब नेपालमा

नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणका रूपमा ललितपुरकाे पुलचोकस्थित ‘द प्लाजा’ मा फोटोनको प्रमुख पिकअप टुनल्यान्ड G7 सार्वजनिक गरिएको छ ।

टुनल्यान्ड G7 ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ-रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ । नेपालमा डेब्यु गर्नुअघि यो गाडी १५,००० किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो ।

असार ८ गते सम्पन्न भएको भव्य सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेशनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, फोटोन इन्टरनेशनल प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले संयुक्त रूपमा यस परिवर्तनकारी सवारीसाधन सार्वजनिक गरेका हुन् ।

कार्यक्रमपछि टुनल्यान्ड G7 पहिल्यै बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको
थियो ।

चीनमा अटोनोमस व्यवसायिक सवारी साधन सार्वजनिक गर्ने पहिलो ब्रान्डको रूपमा फोटोनको
गौरवशाली इतिहास रहेको छ र आज पनि कम्पनी अत्याधुनिक डिजाइनमा अगाडि रहँदै आएको
छ । टुनल्यान्ड G7 त्यही इनोभेसनको सजीव प्रमाण हो ।

यो गाडी बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूको लागि बनाइएको हो । १६० एचपी पावर र
३९० एनएम टर्कसहित G7 ले नेपालको सबै भूभागमा अद्वितीय प्रदर्शन दिन्छ । २२५ मिमीको
उच्च ग्राउन्ड क्लियरेन्सका साथ यो गाडी उबडखाबड बाटो, उकालो चढाइ र अनिश्चित हिमाली
बाटाहरूलाई आत्मविश्वासका साथ पार गर्न सक्छ । हिल होल्ड कन्ट्रोल र हिल डिसेण्ट कन्ट्रोलले
चढाइ र ओर्लाइ दुवैलाई सुरक्षित बनाउँछ र पुश-स्टार्ट इञ्जिन बटन सजिलै पहुँचयोग्य हुनेगरी
औंलामै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

फोटोन टुनल्याण्ड G7 अब नेपालमा