शिवम् सिमेन्ट्सले ९ प्रतिशत लाभांश वितरण गर्ने

शिवम् सिमेन्ट्सले आफ्ना शेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
हालै बसेको साधारणसभाले चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाखको ८.५५ प्रतिशतका दरले हुने बयालीस करोड अन्ठानब्बे लाख आठ हजार पाँच सय रुपैयाँ बराबरको रु. १०० दरका ४२ लाख ९८ हजार ८५ थान बोनस सेयर र उक्त बोनस सेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४५ प्रतिशतका दरले हुने दुई करोड छब्बीस लाख एक्काइस हजार पाँच सय रुपैयाँ नगद लाभांशसहित कूल ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
शिवम् सिमेन्ट्स लि.का सञ्चालक अध्यक्ष गौरव गोयलको अध्यक्षतामा राष्ट्रिय सभागृहमा सम्पन्न सभाले वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका विवरणहरु पारित गर्ने, आगामी आ.व.का लागि लेखापरीक्षक नियुक्त गर्ने र बोनस सेयर वितरण गरेपश्चात कम्पनीको चुक्ता र जारी पुँजीसमेत बृद्धि भई कम्पनीको ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ कायम गर्नेसमेतका प्रस्ताव पारित गरी वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।