६५ लाख बुझाएर रवि लामिछाने रिहा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ६५ लाख धराैटी बुझाएर ८४ दिनपछि बिहीबार थुनामुक्त भएका छन् ।
जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा छोड्न आदेश दिएलगत्तै धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।
करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई रिहा गर्न आदेश दिएको हो ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।
जिल्ला अदालत, कास्कीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1