भारतले लम्ब्यायाे प्याज निर्यात प्रतिबन्ध

भारतले प्याजको निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएकाे छ । विश्वको सबैभन्दा धेरै तरकारी निर्यातक भारतले प्याज निर्यातमा गत डिसेम्बरमा लगाएको प्रतिबन्ध मार्च ३१ मा सकिँदै थियो ।

नेपाल, बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेट्सलगायत देश भारतीय प्याज बढी निर्यात हुने गरेकाे छ । यीमध्ये धेरै राष्ट्र प्रतिबन्धपछि उच्च मूल्यको चपेटामा परिरहेका छन् ।

निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढीले घटेको छ तर अन्तर्राष्ट्रिय बजारमा भने मूल्य उच्च छ । भारतीय सरकारले अर्को सूचना नआएसम्म प्रतिबन्ध यथावत रहने जनाएको छ ।

सबैभन्दा धेरै प्याज उत्पादन गर्ने राज्य महाराष्ट्रका केही थोक बजारहरूमा डिसेम्बरमा प्याजको मूल्य प्रति एक सय किलोमा ४ हजार ५०० रुपैयाँबाट झरेर १ हजार २०० रुपैयाँ (१४ डलर) पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

भारतले लम्ब्यायाे प्याज निर्यात प्रतिबन्ध