कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान वितरण

कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा करिब १ करोड ९६ लाख कृषकलाई १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदानस्वरुप बाँडेकाे छ ।

आर्थिक वर्ष २०७६/ ७७ देखि आव २०८०/८१ सम्ममा उक्त रकम वितरण भएकाे हाे ।

मन्त्रालयबाट सञ्चालित स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजना लगायत उखु कृषकलाई प्रोत्साहन अनुदान, कृषि बीमा, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममा लाग्ने रकममार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मलाई २० अर्ब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्षतर्फ ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ प्रवाह भएको मन्त्रालयले जनाएको छ ।

राज्यबाट अनुदान लिने तर उद्देश्य अनुरूप रकमको सदुपयोग नभएको गुनासो आएपछि मन्त्रालयले अनुदान रकम प्रवाहबारे जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड अनुदान वितरण