गौतमबुद्ध बाट थप अन्तर्राष्ट्रिय उडान सुचारु


- शेखर बस्नेत
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा बाट अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा केही अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम,जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका भनाइ अनुसार विमानस्थलबाट अहिलेसम्म तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । यसले विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्ने तिवारीले बताउनु भयो ।
नेपाल एयरलाइन्स र जजिरा एयरले उडान गर्दै आएका थी भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा बाट उडान भर्न लागेको छ । अब भने गौतमबुद्ध विमानस्थलमा बाट अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीको चार पुगेको छ ।
थाई एयर एसियाले दोस्रोपटक भैरहवाबाट बैंकक उडान गरेको छ । थाई एयर एसियाले कात्तिक १८ देखि व्यावसायिक उडान सुरु गरेको थियो । कम्पनीले साताको दुई दिन (सोमबार र बिहीबार) बैङ्कक उडान भर्ने गरी उडान अनुमति लिएको छ । छिट्टै कतार एयरले पनि उडान भर्ने तयारी गरेको प्रताब बाबु तिवारीले बताए।
उडान तालिकाअनुसार बिहान साढे ७ बजे कुवेतबाट जजिरा एयरको विमान भैरहवा अवतरण हुँदैछ भने सोही विमान भैरहवाबाट बिहान साढे ८ बजे कुवेत फर्किनेछ । केही महिना उडान भरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको छ । जजिराले हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
फ्लाई दुबईको विमान पहिलोपटक भैरहवा विमानस्थलमा अवतरण हुँदैछ । दिउँसो १२ बजे फ्लाई दुबईको विमान भैरहवा आउने महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । भैरहवाबाट यात्रु लिएर फ्लाई दुबईको विमान काठमाडौँ भएर दुबई फर्किने तालिका छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।
नेपाल एयरलाइन्सले भैरहवा विमानस्थललाई बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान भर्दैछ । शुक्रबारका लागि निर्धारित नेपाल एयरलाइन्सको विमानको उडान समेत आजलाई सारिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । नेपाल एयरलाइन्सले प्राविधिक कारण देखाउँदै शुक्रबारको उडान शनिबारलाई सारेको जनाएको छ । नेपाल एयरलाइन्सको विमान काठमाडौँबाट भैरहवा अवतरण गरी दुबई उड्ने विमानस्थलले उडान तालिका बनाएको छ ।
नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा साताको मङ्गलबार एक उडान भर्नेछ । यो एयरलाइन्सको विमान बिहान ७ बजे भैरहवा अवतरण हुनेछ ।
दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । पछि प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो । फ्लाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ हुँदै दुबई उडान भर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । विमानस्थल उद्घाटन भएको लामो समय पछि पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका थिए ।
दुई वर्ष अघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक प्रताब बाबु तिवारीले बताउनु भयो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।