एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा शाखा विस्तार

एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा बागमती प्रदेशको सिन्धुलीको
कमलामाई नगरपालिका ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ ।
बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले जनाएको छ ।
कमलामाई नगरपालिकाका मेयर श्री उपेन्द्र कुमार पोखरेलज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा। बालगोपाल वैद्यज्यू ले उद्धघाटित सो समारोहमा कमलामाई नगरपालिका ६ का वडाध्यक्ष श्री उज्वल कुमार थापा सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्री देव नारायण श्रेष्ठ प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिब तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
सो उद्धघाटन समारोहमा मेयर श्री उपेन्द्र कुमार पोखरेलले बैंकको उपस्थिती सँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गर्नु भयो साथै बैंकका सञ्चालक समितिका अध्यक्ष डा। वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आए सँगै यहाँका वासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा शाखा विस्तार