लगानी सम्मेलनका लागि १४८ परियाेजना छनाेट

वैशाख १६ र १७ मा हुने तेस्रो लगानी सम्मेलनका लागि विभिन्न क्षेत्रका १४८ परियोजना छनाेट भएक छन् । सम्मेलनको प्राविधिक समितिले परियोजनाको अन्तिम सूची तयार गरेको हाे ।

प्राविधिक समिति, कार्यान्वयन समिति र निर्देशक समिति हुँदै परियोजना सम्मेलनमा प्रस्तुत हुने लगानी बोर्डले जनाएको छ ।

सम्भाव्यता तथा पूर्वसम्भाव्यता अध्ययन, वातावरणीय मूल्यांकन अध्ययन, लागत, डीपीआर जस्ता अध्ययन भएको र नभएको गरी ८ वर्गमा विभाजन गरेर आयोजनाहरूलाई लगानी सम्मेलनमा प्रदर्शनीमा राखिनेछ ।

बाेर्डका अनुसार पहिलो र दोस्रो वर्गका २० परियोजनालाई आशयपत्र आह्वान गर्न पाउने गरी प्रदर्शनीमा राखिनेछ । तेस्रो वर्गमा रहेका ७ वटा परियोजना मार्केटिङ (बजारीकरण) का लागि राखिनेछ । चौथो वर्गमा रहेका ३१ वटा परियोजना अध्ययन नभएको तर यस्तो हुनसक्छ भन्ने आइडिया भएका हुन् । पाँचौं वर्गका १८ वटा आयोजनाको भने विकासकर्ता पहिचान भइसकेको छ । तर, ती आयोजना बनाउन पैसा नभएकाले सम्मेलनमार्फत लगानी जुटाउन प्रयत्न गरिने बाेर्डले जनाएकाे छ ।

छैटौं वर्गका १४ वटा परियोजना निजी लगानीका लागि राखिएको छ । निजी लगानी आकर्षित गर्न सम्मेलनमै बोलपत्र आह्वान गरिनेछ । निर्माणमा जान योग्य यी परियोजनाका लागि ठेकेदारको खोजी हुनेछ । सातौं वर्गमा प्रारम्भिक अध्ययन गरिएका परियाेजना छन् । आठौं वर्गका ३० वटा आयोजना भने नेपालकै निजी क्षेत्रका छाता संगठनले प्रदर्शनीमा राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

लगानी सम्मेलनका लागि १४८ परियाेजना छनाेट