सुनकाे भाउ दिनदिनै घट्दै

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ तोलामै २४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ निर्धारण भएको छ ।
बुधबार छापावाला सुन तोलाको एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय५ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1