श्री एयरलाइन्सको बेरिङ किन पड्कियो

धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको छ । जहाज अवतरण गरेर पार्किङ गर्ने क्रममा अगाडिको चक्काको बेरिङ पड्किएको जानकारी विमानस्थल प्रमुख बताए ।
उनले भने, ‘कलसाइन एएनएच २२७ नम्बरको सो जहाज सोमबार साँझ काठमाडौँबाट धनगढी पुगेको थियो । जहाजको अगाडीको चक्काको बेरिङ पड्किएपछि ग्राउण्डेड गरिएको हो ।’ सिंहका अनुसार जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको छ । मर्मत गरेर उडान योग्य भएपछि मात्रै उडान अनुमति दिइने जानकारी सिंहले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1