सेयर बजारमा अन्याेल कायमै

सेयर बजारमा अन्याेल कायमै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै सेयर बजारका लगानीकर्तामा अन्यौल देखिएको छ । समीक्षामा कुनै पनि परिवर्तन नभएसँगै बजारको अबको दिशाबारे अन्यौलता देखिएको हो । यसले बजारको आगामी यात्रा अनिश्चित बनाएको छ । अहिले शेयर बजार २ हजार ७५० को हाराहारीमा छ । पछिल्लो दुई साता अघिको अवस्था हेर्ने हो भने यो बराबर जस्तै हो । पहिलो साता झन्डै ८० अङ्क घटेको बजार यो साता लगभग त्यति नै अङ्कले बढेर दुई साताअघिकै लेभलमा पुगेको छ । २०७८ भदौमा बजारले ३२ सय विन्दुको रेकर्ड बनाएको थियो । त्यसयता बजारले एकपटक ३ हजारको हाराहारीसम्म पुग्नुबाहेक…

‘राेकिएकाे आईपिओ निष्कासन अब खुल्छ’

'राेकिएकाे आईपिओ निष्कासन अब खुल्छ' नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बोर्डको कार्यालयमा बुधवार कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका धेरै काम भएको भन्दै त्यसमा सरकारको नीति निर्देशनबमोजिम अघि बढ्ने बताए। उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । उनले धितोपत्र बोर्डमा लामाे समयसम्म अध्यक्ष नहुँदा राेकिएका काम अब अघि बढ्ने बताए । उनले भने, ‘आइपीओ निष्कासनको विषयमा साथीहरुसँग वस्तुस्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोएिको…

धिताेपत्र बाेर्डका अध्यक्षले लिए शपथ

धिताेपत्र बाेर्डका अध्यक्षले लिए शपथ नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई सेबोनको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । करिब एक वर्षदेखि नेतृत्वविहीन सेबोनले सोमबार नयाँ अध्यक्ष पाएको हो ।

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन हुँदै

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन हुँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आउदो मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापुँजीको १०ः६.२५६ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गर्न लागेको हो । सेयर हकप्रद खरिदका लागि पुस १ गतेसम्म खरिद आवेदन दिनअन्तिम समय रहेको कम्पनी ले जनाएको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन्…

तिहार बिदाको अघिल्लो दिन नेप्सेमा गिरावट

तिहार बिदाको अघिल्लो दिन नेप्सेमा गिरावट तिहार बिदाको अघिल्लो दिन सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । साताको चौथो दिन बुधबार परिसूचक १४.४३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २६७७.६२ विन्दुमा झरेको छ । १६४ कम्पनीको मूल्य घटेको छ । ७५ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो । यो दिन कुल १ करोड २० लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । होटल तथा पर्यटन, निर्जीवन बीमा र ट्रेडिङ उपसूचक बढ्दा अन्य दश उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै गिरावट लगानी समूहमा देखिएको छ । समग्र…

फेरि सुस्तायाे सेयर बजार

फेरि सुस्तायाे सेयर बजार सेयर बजारमा मंगलबार देखिएको उत्साह एक दिन पनि टिकेन । बुधबार बजार २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । बुधबार ६ अर्ब ७७ करोड बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन साढे ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । घटेको बजारमा थ्रि स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ३१० कम्पनी सामेल भएको आजको कारोबारमा फाइनान्सबाहेक सबै समूह ओरालो लागेको छ । आज नेपाल फाइनान्सको मात्र २० करोड ७१ लाख ५५ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा…

शेयर कारोबारबाट दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन : अर्थमन्त्री

शेयर कारोबारबाट दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन : अर्थमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर कारोबारबाट चालू आर्थिक वर्षको दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन भएको दाबी गरेका छन् । बुधवार नेप्से कार्यालय पुगेका पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिब पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गरेका हुन् । उनले चालू आर्थिक वर्ष ०८१/८२ मा शेयर बजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताए । उनले नेपालको पूँजी बजार…

सेयर बजारमा दिनदिनै उथलपुथल किन ?

सेयर बजारमा दिनदिनै उथलपुथल किन ? पछिल्ला केही दिनमा सेयर बजारमा तीव्र उथलपुथल देखिएको छ । नेप्से परिसूचक बुधबार ९०.७३ अंकले घट्याे । मंगलबार ६.९४ अंकले बढेको थियो । सोमबार भारी अंकले बढेको थियो । १२७.३२ अंकले बढ्दै सोमबार परिसूचक २८२३ बिन्दुमा उक्लिएको थियो भने आइतबार ५३.६३ अंकले घटेको थियो । कारोबार रकममा पनि पछिल्ला केही दिन गिरावट आएको छ । बुधबार १२ अर्ब ९२ करोडको कारोबार भयाे । मंगलबार १३ अर्ब ४० करोड र सोमबार १२ अर्ब ९१ करोड मूल्यको सेयर खरिदबिक्री भएको थियो । यसरी पछिल्ला केही दिन बजारमा देखिएको तीव्र उतारचढावलाई लगानीकर्ताहरूले भने सकारात्मक रूपमा लिएका छन्…

साताकाे दाेस्राे दिन सेयर बजारमा उछाल

साताकाे दाेस्राे दिन सेयर बजारमा उछाल केही दिनदेखि घटिरहेको शेयर बजारमा पुनः उछाल आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा रोकिएको छ । साेमबार १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । आइतबार १० अर्बको कारोबार भएको थियो । ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएको छ । २३९ कम्पनीको मूल्य वृद्धि भएको छ भने ५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाइ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक…

५३.६३ अंकले घट्याे नेप्से

५३.६३ अंकले घट्याे नेप्से साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने अरु सबै…