‘राेकिएकाे आईपिओ निष्कासन अब खुल्छ’

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् ।
बोर्डको कार्यालयमा बुधवार कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका धेरै काम भएको भन्दै त्यसमा सरकारको नीति निर्देशनबमोजिम अघि बढ्ने बताए।
उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । उनले धितोपत्र बोर्डमा लामाे समयसम्म अध्यक्ष नहुँदा राेकिएका काम अब अघि बढ्ने बताए ।
उनले भने, ‘आइपीओ निष्कासनको विषयमा साथीहरुसँग वस्तुस्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोएिको थियो । त्यो समस्या समाधान हुँदै जान्छ ।’
उनले पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई वर्तमान समयसापेक्ष अगाडि बढाउने उल्लेख गरे । अध्यक्ष श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गरेका छन् ।