अदालतहरुमा दूरसञ्चारका विविध सेवा उपलब्ध गराउन टेलिकम र सर्वोच्चबीच सम्झौता

अदालतहरुमा दूरसञ्चारका विविध सेवा उपलब्ध गराउन टेलिकम र सर्वोच्चबीच सम्झौता नेपाल टेलिकम र सर्वोच्च अदालतबीच अदालतहरुमा विविध दूरसञ्चारका सेवाहरु उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्चका तर्फबाट सह–रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार टेलिकमले तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस उपलब्ध गराउने टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

इन्दिरा आईभीएफमा तेब्बर खुसी

इन्दिरा आईभीएफमा तेब्बर खुसी इन्दिरा आईभीएफले तीन दम्पतीको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इन भिट्रो फर्टिलाइजेसन केसहरूको सफलताको घोषणा गरेको छ।पहिलो केस- पहिलेदेखि नै रहेको मुटुलगायत स्वास्थ्य समस्याहरू र अघिल्लो गर्भपातको कारण गर्भ नबसेपछि इन्दिरा आईभीएफमा पुगेकी एक २६ वर्षीया महिलासँग सम्बन्धित छ । प्रारम्भिक जाँचमा उनीसँग सामान्यभन्दा कम अण्डाहरू रहेको संकेत स्वरूप एन्टि-मुलेरियन हर्मोन (एएमएच) को स्तर कम देखिएको थियो। दोस्रो केस- रजोनिवृत्ति रएएमएच अति कम स्तरमा पुग्दा सात वर्षदेखि जटिल बाँझोपनसँग संघर्षगर्दै आएकी ४२ वर्षीया महिलाकाे हाे । आईयुआईको चार चक्र र आईभीएफको एक चक्रको असफल प्रयासपछि उनी सहयोग खोज्दै क्लिनिक पुगेकी थिइन्।त्यस्तै, तेस्रो केस ४४ वर्षीया…

राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दु:ख दिंदैनाैं : अर्थमन्त्री

राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दु:ख दिंदैनाैं : अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने बताएका छन् । अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटवार्तामा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तत्पर रहेको बताए । उनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने आश्वासन पनि दिए । पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच थप सहकार्य आवश्यक रहेको बताए । उनले वर्तमान सरकारको अहिलेको मुख्य प्राथमिकता देशको अर्थतन्त्र सुधार गर्नु रहेको बताए । अध्यक्ष ढकालले पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरूबाट गुनासो आइरहेको जानकारी गराएका…

आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा एनसेलले जित्याे थर्ड रनर अपको उपाधि

आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा एनसेलले जित्याे थर्ड रनर अपको उपाधि एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा थर्ड रनर अपको उपाधि जितेको छ । प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले–१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अप अर्थात चौथो स्थान हासिल गरेको हो । एकदिवसीय प्रतियोगितामा कूल २९ कर्पोरेट हाउसहरुका सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीमा एक व्यवसायिक गल्फर र तीन एमेच्योर गल्फरहरू रहेका थिए र प्रतियोगिता १८–होलमा खेलाइएको थियो । एनसेल ‘ए’ समुहमा व्यवसायिक गल्फर सञ्जय लामा र अन्यतीन एमेच्योर गल्फरहरु श्री जय आचार्य (एनसेल–सिङ्गल ह्याण्डीक्याप), इन्द्रधारा विष्ट (हाई ह्याण्डीक्याप) र सञ्जय…

विश्व बैंककाे प्रक्षेपण- नेपालकाे आर्थिक वृद्धि ३‍.३ प्रतिशत

विश्व बैंककाे प्रक्षेपण- नेपालकाे आर्थिक वृद्धि ३‍.३ प्रतिशत विश्व बैंकले नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालू आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार पर्यटन क्षेत्रको विकास र जलविद्युतको निर्यातमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्र चालू वर्ष ३.३ प्रतिशत रहने छ । विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोगसमेत बढ्ने उसकाे प्रक्षेपण छ । ‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक दिएर तयार गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण…

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानीय बेनी सञ्जिविनी हेल्थ क्लिनिक सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरिएको थियो । यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानीय जि.पी.मेमोरियल नर्सिङ होम सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरूमा करिब ३०० जना भन्दा बढी व्यक्तिहरूले सेवा प्राप्त गरेका थिए । निकट भविष्यमा पनि…

शाओमीले ल्यायो ‘नयाँ साल–नयाँ नोट’ अफर

शाओमीले ल्यायो ‘नयाँ साल–नयाँ नोट’ अफर ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् । रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य रु. ५,६९९ हो । त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली…

सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेकाे छ । कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब ७ सय ९० मिटर मात्र खन्न बाँकी छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको याे आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाे छ । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु…

अर्थमन्त्रीको सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त

अर्थमन्त्रीको सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त अर्थमन्त्री वर्षमान पुनको सल्लाहकारमा अर्थशास्त्री प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयको उपकुपतिको दाबेदार रहेका अर्थशास्त्री थापालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् । माओवादीनिकट प्राध्यापक थापा त्रिविको उपकुलपतिका लागि पार्टी कमिटीबाट सिफारिस भएका थिए । तर, उपकुपति छनोट प्रक्रिया खुला प्रतिस्पर्धामा गएको थियो । खुला प्रतिस्पर्धाका बेलामा पनि उनी दाबेदार थिए । यद्यपि, उनी अन्तिम तीन जनाको सूचीमा भने पर्न सकेनन् ।

एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’

एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’ एनआइसी एसिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको ‘ग्लोबल मनी विक’ का अवसरमा एनआइसीका सातै प्रदेशका सयभन्दा बढी शाखाले विद्यार्थी तथा युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । यस अभियानबाट ६ हजारभन्दा धेरै जना लाभान्वित भएका छन् भने ३० भन्दा धेरै शाखाले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीलाई आफ्नो शाखा भ्रमण गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएका…