एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’

एनआइसी एसिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको ‘ग्लोबल मनी विक’ का अवसरमा एनआइसीका सातै प्रदेशका सयभन्दा बढी शाखाले विद्यार्थी तथा युवालाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । यस अभियानबाट ६ हजारभन्दा धेरै जना लाभान्वित भएका छन् भने ३० भन्दा धेरै शाखाले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीलाई आफ्नो शाखा भ्रमण गराउँदै बैंकिङ्ग प्रणालीका बारेमा जानकारी गराएका थिए ।
मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानलगायत वित्तीय साक्षरता कम रहेका जिल्लाका बैंक शाखाहरुले पनि कार्यक्रम सञ्चालन गरेका थिए ।
एनआईसी एसिया सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल भएका बैंकमध्येको हो । बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

एनआइसी एसियाले मनायो ‘ग्लोबल मनी विक’