घट्याे डिजेल र पेट्राेलकाे मूल्य
घट्याे डिजेल र पेट्राेलकाे मूल्य नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो । यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६७.५०, दोस्रोमा १६९ र तेस्रोमा १७० रुपैयाँ पर्ने भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ । घटेको मूल्य आजै राति १२ बजेपछि लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।