भारतमा नेपाली विज्ञापन एजेन्सी भि-चित्रले पायो प्रतिष्ठित पुरस्कार

नेपाली विज्ञापन एजेन्सीहरूले आफ्ना सिर्जनात्मक कामहरूबाट विश्वव्यापीमञ्चमा उल्लेखनीय छाप छोडिरहेका छन् । यसै सन्दर्भमा रुरल मार्केटिङएसोसिएसन अफ इन्डियाद्वारा हालै भारतमा आयोजित फ्लेम अवार्ड २०२४ समारोहमा नेपालको अग्रणी विज्ञापन एजेन्सी भि-चित्रले २ स्वर्ण र १ रजत पुरस्कारका साथ उच्च सम्मान प्राप्त गरेको छ।
भि-चित्रले लोकप्रियनेपाली तयारी चाउचाउ ब्राण्ड वाइवाइको लागि संचालन गरेको ‘हामी सबैको मनमा वाइवाइ’ उत्कृष्ट लामो अवधिको अभियान रकपालको हेरचाह सम्बन्धिको ब्राण्ड लिभोनको लागि गरिएको क्याम्पेन ‘किप योर कलर्स’ वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको छ। यसका साथै भि-चित्रले लिभोन प्रोफेशनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ क्याम्पेन घोषित हुँदै सिल्भरअवार्डद्वारा सम्मानित भएको छ।
भि-चित्र डिजिटल मिडिया र कन्टेन्ट स्ट्राटेजी प्रमुख रसना डंगोलले टिप्पणी गरिन्, ‘नेपाली उपभोक्ताहरूको दृष्टिकोण टेक्नोलोजीको बृद्धि रपरिवर्तनशील मार्केटिङ परिदृश्यको साथ विकसित भइरहेको छ।प्रगतिशील समाज र उपभोक्ताहरूसँग अनुकुलन हुनेगरि लिभोनले समाजको हितमा चालेका कदमहरूमा ब्राण्डको छवि प्रतिबिम्बित भएको छ। सौन्दर्य रव्यक्तिगत हेरचाहका क्षेत्रमा सबैभन्दा कम प्रतिनिधित्व गर्ने क्षेत्रमा लिभोनलेलिएको पहल सराहनीय छ र यसले लिभोनलाई एक आधुनिक ब्राण्डकोरूपमा स्थापित गरेको छ ।’ उनले थपिन्, ‘लिभोनले दिप्ती र सुप्रिताको कथालाई प्रस्तुत गरेको थियो जो नेपालमा आधिकारिक रूपमा विवाह गर्नेपहिलो समलैंगिक जोडी हुन्। उनीहरूलाई उनीहरूको मौलिक रंग अक्षुण्णराख्न प्रोत्साहित गर्दै लिभोनले समाज परिवर्तनको यात्रामा एक साहसिककदम चालेको छ। यस बीचमा, लिभोन प्रोफेशनल सीरम अभियानलेआफ्नो कामको लागि परिचित सौन्दर्य स्टाइलिस्टहरू समेत ल्याएको छजसले ब्रान्डप्रतिको विश्वासलाई अझ गाढा बनाउन र आफ्ना शुभचिन्तकहरूलाई उनीहरूसँग सीधै सम्पर्क स्थापित गर्न सहयोग गरेको छ।’
भि-चित्र आफ्नो विशिष्ट विज्ञापन अभियानका लागि प्रख्यात छ र यसक्षेत्रमा अग्रणी रहिआएको कम्पनीलाई नेपालकै उत्कृष्ट एकीकृत विज्ञापनएजेन्सीहरू मध्ये एक मानिन्छ।