नेपाल लाइफको ‘लिडरसीप एक्सलेन्स अवार्ड’ सम्पन्न

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय लिडरसीप एक्सलेन्स अवार्ड २०२४ भव्यतापूर्वक सम्पन्न गरेको छ ।

भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो । कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजर र कम्पनीका कर्मचारीको बाक्लो उपस्थिति थियो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा भर्चुअल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले आ.व २०८०÷८१ मा गरेको आउट स्ट्यान्डिङ पर्फमेन्सको लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट सम्पूर्ण अभिकर्ता र कर्मचारीलाई बधाई तथा धन्यवाद प्रकट गरेका थिए । समग्र क्षेत्रमा प्रतिकूल आर्थिक परिदृष्य विद्यमान रहँदारहँदै पनि आफ्नो अथक मिहिनेत, लगनशिलता र सकारात्मक प्रयासबाट आर्थिक वर्ष २०८०÷८१ मा नेपालको सबैभन्दा ठुलो र सर्वाधिक विश्वासिलो कम्पनीको ताजलाई निरन्तर रुपमा कायम राख्न र आफ्नो मार्केट शेयरलाई थप वृद्धि गर्न सफल हुनु भएकोमा उनले बधाई तथा धन्यवाद व्यक्त गरे ।

सञ्चालक ढकालले गत आ.व.मा गरेकोे उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ताहरु तथा कर्मचारीहरुलाई धन्यवाद दिए । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको उनले बताए ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्मानित हुनु भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट १४१ अभिकर्तालाई सम्मान गरिएको थियो ।

सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभुषित गरिएको थियो । एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फबाट क्रमशः नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजबंशीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

नेपाल लाइफको ‘लिडरसीप एक्सलेन्स अवार्ड’ सम्पन्न