यामाहाले थाल्यो ‘ब्लु स्ट्रिक्स’ पहल

यामाहा नेपालले यामाहा ब्लू स्क्वायर नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लूस्ट्रिक्स’ रोमाञ्चक र नवीन कार्यक्रम हो । यसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने दाबी गरिएकाे छ ।

यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । ‘ब्लु स्ट्रिक्स’ यामाहाका ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा “म्यान-मेसिन” अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक बनाउने प्रतिबद्धताको हिस्सा भएकाे कम्पनीकाे दाबी छ ।

विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन तथा छुटहरूसम्म प्रदान गरी ‘ब्लु स्ट्रिक्स’ ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

‘ब्लु स्ट्रिक्स’को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुङ्गा हो,’ एमएडब्लु राइडर्सको सि. एम. व. पुनम सिंहकाे भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

यामाहाले थाल्यो ‘ब्लु स्ट्रिक्स’ पहल