सामसङ फेरि शीर्ष स्थानमा
सामसङ फेरि शीर्ष स्थानमा विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने फोनहरूको सूचीमा सामसङ शीर्ष स्थानमा छ । २०२४ को दोस्रो त्रैमासिकमा अन्य ब्रान्डलाई पछि पार्दै सामसङ आफ्नो अग्रता कायम राख्न सफल भएको हो । क्यानलिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार स्मार्टफोन बिक्रीमा सन् २०२१ देखि नै सामसङ शीर्ष स्थानमा छ । २०२४ को दोस्रो त्रैमासिकमा सामसङले विश्व बजारमा १८ प्रतिशत हिस्सा कायम गर्न सफल भएको छ । विभिन्न मूल्य रेन्जका फोन वितरण गर्ने सामसङको रणनीतिले यो सफलता दिलाएको विश्लेषण गरिएको छ । सामसङले अनुसन्धान र विकासमा ठूलो लगानी गरेको छ, जसका कारण डिस्प्ले, क्यामेरा, प्रोसेसर लगायतमा नवीनतम प्रविधिहरू उपलब्ध गराउन सक्षम…