नेपालमा इन्ड्राइभकाे औपचारिक सेवा शुरु : राइडरसँग १० प्रतिशत कमिसन लिने

नेपालमा इन्ड्राइभकाे औपचारिक सेवा शुरु : राइडरसँग १० प्रतिशत कमिसन लिने दुई वर्ष टेस्ट ड्राइभ गरेपछि नेपालमा औपचारिक रुपमा इन्ड्राइभले सेवा शुरु गरेको छ । कम्पनीले सोमबार काठमाडौंमा कार्यक्रम गर्दै नेपालमा दर्ता गराएर औपचारिक रुपमा सेवा सुरु गरेको घोषणा गरेको हो । कम्पनीले हरेक राइडमा १० प्रतिशत कमिसन लिने बताएको छ । इन्ड्राइभको रहेक राइडमा साेमबारबाटै १० प्रतिशत कमिसन लिइने नेपालका लागि कम्पनीकी निर्देशक रीता पोखरेलले बताइन् । इन्ड्राइभले काठमाडौंको हात्तीसारमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् ।

भव्य अफरसहित यामाहाकाे महाएक्सचेन्ज मेला सुरु

भव्य अफरसहित यामाहाकाे महाएक्सचेन्ज मेला सुरु नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले आफ्नो यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट - यामाहा महाएक्सचेन्ज मेला २०८१ घोषणा गरेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ साेमबार काठमाडौंको भृकुटीमण्डपमा गरिएको छ। एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्नेछ। एमएडब्लू इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले मेलाले मोटरसाइकल उत्साहीहरूलाई आश्चर्यजनक मूल्यमा सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्ने बताए । मेलाको विषयमा थप स्पष्ट पार्दै अग्रवालले भने, 'हामीलाई विश्वास छ यो कार्यक्रम मोटरसाइकल प्रेमीहरूका लागिआफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर मात्र नभई जीवन्त र रोमाञ्चक वातावरणमा…

९ महिनामा ११ वाणिज्य बैंकमाथि राष्ट्र बैंककाे कारवाही

९ महिनामा ११ वाणिज्य बैंकमाथि राष्ट्र बैंककाे कारवाही नेपाल राष्ट्र बैंकले साउनदेखि चैतसम्म ९ महिनामा आफ्नो नीति निर्देशन नमान्ने १६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेकाे छ । कारबाहीमा पर्नेमा ११ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक र एउटा फाइनान्स छन् । राष्ट्र बैंकको निर्देशन पटकपटक उल्लंघन गरेको हिमालयन बैंक पहिलो त्रैमासमै कारबाहीमा परेको हाे । कर्जा निक्षेप अनुपात कम नगरेपछि हिमालयनले राष्ट्र बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको थियो । राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने हुन्छ । योभन्दा माथि गएर ऋण प्रवाह गर्ने…

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औं शाखा

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औं शाखा नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार…

सरकारी निकायसँग भाइबरकाे साझेदारी

सरकारी निकायसँग भाइबरकाे साझेदारी राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायसँग साझेदारी गर्ने भएको छ। यस सहकार्यको उद्देश्य महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचना प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकलाई अन्तर्क्रियात्मक अभियानहरूमा संलग्न गराउनु रहेको रहेको भाइबरले जनाएको छ। यस पहलको एक अङ्गको रूपमा राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरुमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्नेछ। यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनका लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन्। यसबाहेक भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वास्थ्य सूचना अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको छ। स्वास्थ्य सूचना…

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित सेवाहरूको प्रदर्शनी

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित सेवाहरूको प्रदर्शनी फोनपे भारतले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। प्रदर्शनले बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधि, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायी र व्यापार संघहरुका प्रतिनिधिलगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक फोनपेले समर्थन गरेको थियो । जुन नेपाल-भारत क्रस बोर्डर युपीआई अन्तरआबद्दताका लागि एनआईपीएलको काउन्टरपार्टी पनि हो। उक्त कार्यक्रममा फोनपे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआई को सम्भावनाको बारेमा बिशेष सम्बोधन भएको थियो । यसको साथसाथै कार्यक्रममा,…

प्लास्टिकको खपत न्यूनीकरण गर्ने ग्लाेबल बैंककाे प्रतिबद्धता

प्लास्टिकको खपत न्यूनीकरण गर्ने ग्लाेबल बैंककाे प्रतिबद्धता ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुनेछ । बैंकले आफ्नो स्थापनाकाल देखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषण विरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको…

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि अध्यक्ष काशीराज दाहाल थिए । उनको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो । सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि यही कार्यालयले ती सहकारीको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । त्यस्ता समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता, ऋण उठाउने लगायतको काम गर्दै आएको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मा यो…

हकप्रद सेयर जारी गर्दै नेपाल इन्स्योरेन्स

हकप्रद सेयर जारी गर्दै नेपाल इन्स्योरेन्स नेपाल इन्स्योरेन्सले हकप्रद (राइट) सेयर जारी गर्ने भएको छ । पुँजी वृद्धिका लागि नियामक नेपाल बीमा प्राधिकरणले दबाब दिएसँगै कम्पनीले हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो । बीमा प्राधिकरणले गत वर्ष एक निर्देशन जारी गर्दै २०८० चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन र निर्जीवनी बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन गरेको थियो । उक्त निर्देशन बमोजिम प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्ने समय केही बढाएको छ । यसै नीति बमोजिम नेपाल इन्स्योरेन्सको वैशाख १७ गते मंगलबार बसेको सञ्चालक समितिको १७ औं बैठकले हाल…

मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण काठमाडौँदेखि सौराहासम्म

मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण काठमाडौँदेखि सौराहासम्म मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर र्‍याली यस वर्ष काठमाडौँदेखि चितवनको सौराहासम्म हुने भएको हो । र्‍यालीको फ्यागअफ नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने छन् । शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट सुरू हुने र्‍याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौँडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बिच र्‍यालीको समापन गरिने छ । र्‍यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० भन्दा बढी व्यक्तिहरूको सहभागिता…