नयाँ स्टक लाइसेन्सकाे हानथापले बाेर्ड अध्यक्ष नियुक्तिमा अन्याेल
नयाँ स्टक लाइसेन्सकाे हानथापले बाेर्ड अध्यक्ष नियुक्तिमा अन्याेल नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हत्याउने विषयमा विचाैलिया दीपक भट्ट र आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच हानथाप हुँदा धिताेपत्र बोर्डको अध्यक्ष नियुक्ति अन्याेलमा परेकाे छ । नयाँ स्टक लाइसेन्स लिनकै लागि पावर ब्रोकरको रुपमा काम गर्दै आएका विचौलिया दीपक भट्टले यसअघि रमेश हमाललाई अध्यक्ष बनाएका थिए । तर, लाइसेन्सको विषयमा संसदीय समितिदेखि सर्वोच्च अदालतसम्म मुद्दा परेपछि हमालको कार्यकालमा भट्टको सपना पूरा हुन सकेन । भट्टले आफ्नो स्वार्थ अनुकुल हिमालयन स्टकलाई लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्याए पनि त्यसले पूर्णता पाउन सकेन । नयाँ स्टक लाइसेन्स दिनका लागि ३ वटा कम्पनीको आवेदन परेको थियो…