नयाँ वर्षमा पर्यटकीय क्षेत्रका हाेटल भरिभराउ, सबैतिर चहलपहल

नयाँ वर्ष २०८१ मा मुख्य पर्यटकीय स्थलका हाेटल भरिभराउ भएका छन् । काठमाडौं, पोखराजस्ता पयर्टकीय नगरहरुमा साता अगाडिदेखि नै नयाँ वर्षको चहलपहल बढेको थियाे ।२०८० काे अन्तिम दिनसम्म पाेखरा, ठमेललगायत क्षेत्रका ९० प्रतिशतभन्दा बढी हाेटलहरु बुकिङ भएकाे व्यवसायीहरुले बताएका छन् ।

विगत वर्षहरुका तुलनामा यस नयाँ वर्षमा स्वदेशी पर्यटकहरुको संख्यामा भने केही गिरावट आएको होटल व्यवसायीहरुको गुनासाे छ । नयाँ वर्षसँगै काठमाडाैंका ठमेल र दरबारमार्ग क्षेत्र चाैबिसै घण्टा खुलाउने निर्णयले पर्यटन क्षेत्रमा उत्साह थपिएकाे छ ।

ठमेल पर्यटन विकास परिषद् अध्यक्ष भविश्वर शर्माका अनुसार ठमेलका होटलहरु ९० प्रतिशतसम्म बुकिङ भएका छन् । नयाँ वर्षका लागि विभिन्न कार्यक्रमले ठमेल क्षेत्रभर चहलपल बढेको उनले बताए । शर्माले भने, ‘नयाँ वर्षको व्यापारका लागि सबै व्यवसायी उत्साहित छन् । ठमेलको व्यपार तथा व्यसायमा नयाँ वर्ष एकदमै महत्वपूर्ण रहँदै आएको छ । यो पयर्टनहरुको आवतजावत बढी हुने सिजन पनि हो । करिब ८० प्रतिशत होटलहरु सबैतिर बुक भइसकेको अवस्था रहेको छ । अहिले नेपाल सरकारबाटै लागू गराइएको २४ सै घण्टा व्यवसाय खुलाउने कुराले पनि सकारात्मक प्रभाव परेको छ ।’

विदेशी पर्यटकको आवतजावत संख्यात्मक रुपमा पहिलेभन्दा निकै बढेको ठमेत पर्यटन विकास परिषदले जनाएकाे छ ।

उता पर्यटन राजधानी घोषित शहर पोखरामा नयाँ वर्षका लागि चैत महिनाभरी नै करिब ९० प्रतिशतको हाराहारीमा होटलहरु बुक भएकाे होटल सहाराका सञ्चालक चक्र सुवेदीले बताए । जसमा तुलनात्मकरुपमा विदेशी पर्यटक नै बढी भएको उनको भनाइ छ । यातायातको असुविधा, आर्थिक मन्दीलगायत कारणले स्वदेशी पर्यटक भने यसपटक कम भएको सुवेदीको बुझाइ छ ।

नयाँ वर्षको एक साता अगाडिदेखि नै पोखरामा पर्यटकहरुको चहलपहल बढेकाे व्यवसायीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

नयाँ वर्षमा पर्यटकीय क्षेत्रका हाेटल भरिभराउ, सबैतिर चहलपहल