सुप्रिम सहकारीकाे १ अर्बभन्दा बढी हिनामिना मुद्दामा आजबाट बहस

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १ अर्बभन्दा बढी बचत रकम हिनामिना गरेको आरोपमा मुख्य आरोपी जीबी राईसहित २८ जनाविरुद्ध दर्ता भएको मुद्दामा मंगलबारबाट जिल्ला अदालतमा बहस हुने भएकाे छ । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले मंगलबारदेखि बहस अगाडि बढ्ने जानकारी दिए ।

रुपन्देही प्रहरीले दुई महिना लामो अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियाे । मुद्दामा सहकारीका मुख्य आरोपी गीतेन्द्रबाबु (जीबी) राई, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसहित २८ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रहरीले १ अर्ब २ करोडको बिगो मागदाबी गरे पनि अदालतले भने ९८ करोडको माग दाबी गरेर मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले पक्राउ परेका पाँचसहित २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको बताए ।

प्रहरीले सहकारीको रकम हिनामिना प्रकरणमा संस्थाका अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सहकारीका पूर्वकोषाध्यक्ष दीपेश, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने र नीता थापा मगरलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका ५ जनाबाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको जनाएको छ ।

अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् । प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सुप्रिम सहकारीकाे १ अर्बभन्दा बढी हिनामिना मुद्दामा आजबाट बहस