झन्डै १० अंकले बढ्याे नेप्से
झन्डै १० अंकले बढ्याे नेप्से सेयर बजार परिसूचक नेप्सेमा मंगलबार झन्डै १० अंकको वृद्धि भएको छ । अघिल्लो दिन १४ अंकले बढेको सूचकमा मंगलबार थप ९.४४ अंकको वृद्धि हुँदै २ हजार ८५.७१ अंकमा उक्लिएको हो । ९ अंकले नेप्से बढ्दा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल रि–इन्स्योरेन्सको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।…