राष्ट्र बैंकतिर आँखा लगाएका ढुंगानाले नबिल बैंक छाडे
राष्ट्र बैंकतिर आँखा लगाएका ढुंगानाले नबिल बैंक छाडे काठमाडाैं । नेपाल राष्ट्रबैंकको गभर्नरको दौड चलिरहँदा प्रतिस्पर्धीको दौडधूप निकै रोचक देखिएको छ । प्रमुख सत्ता साझेदार दल एमाले र कांग्रेसको उच्च तहका नेताबीच गभर्नर कांग्रेसलाई दिने सहमति भएसँगै गभर्नरको सम्भावित अनुहारहरुको दौडधूप बढ्न थालेको हो । यही क्रममा गभर्नरको दौडमा निकै अगाडि रहेका र नियुक्तिको सम्भावना समेत देखिएका बैंकर ज्ञानेन्द्र ढुंगानाले नबिल बैंक छाडेका छन् । उनले आइतबारको मिति राखेर बैंकको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् । उनी राजीनामा दिनुअघि समेत बैंकमा विदा लेखाएर गभर्नरको दौडमा सक्रिय थिए । गभर्नर एमाले वा कांगे्रस कसको भागमा पर्ने भन्ने कुरा निश्चित…