आर्मी अफिसर्स क्लबमा एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारणसभा

एन आई सी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।

बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

एनआईसी एशिया बैंकको २७ औं साधारण सभा