बर्जर जेन्सन एण्ड निकोल्स प्रा.लि.ले प्राप्त गर्यो ISO प्रमाणपत्र

नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम हो बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर व्यवस्थापनको लागि ISO ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि ISO १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि ISO ४५००१:२०१८ प्रमाणपत्र प्राप्त गरेको छ ।
TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धता रहेको बताएको छ । यी प्रमाणपत्रहरूले देकोरेटीभ पेन्टहरू, वाटर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई पालन गर्ने भएको छ ।बर्जर नेपालका कन्ट्री मेनेजरले बर्जरको गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई ध्यान दिने बताए ।
यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित समेत बताए । यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुन: पुष्टि गर्न कुनै पनि कसरत बाकी नरहने समेत बताउनु भयो ।