यामाहा नेपाल र हेल्मेट्स नेपाल बीच व्यापारिक सम्झौता

बिगत ९ वर्ष देखि हेलमेट को मार्केटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल “हेल्मेट्स नेपाल” ले यामाहा नेपालसग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ।हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन । काठमाडौँका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन । नक्शालस्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा रहने छ । सुबिधाहरुलाइ थप बिस्तार गर्दै लैजाने हेल्मेट्स नेपालका प्रवन्ध निर्देशक सजल जोशी ले बताउनु भयो ।यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिस्कृत रुपमा
परिभाषित हुने बिस्वास रहेको छ । ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग
एसिसोरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन । यस अघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै
आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरुबाट सेवा प्रदान गर्ने भएको छ ।