बैंक पनि साथी पनिको भित्री लफडा बहिरिँदै

बैंक पनि साथी पनि भन्ने नारा सहित ठूलो तामझामका साथ उदाएको एनआईसी एसिया बैंक पछिल्लो समय आन्तरिक कलहमा फस्दै गएको छ। एक वर्षदेखि अहिलेसम्म पनि बैंकको आन्तरिक कलह सुल्टिन नसकेको बैंकका उच्चस्तरीय कर्मचारीहरु बताउँछन्।

प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) रोशन न्यौपानेको मिसन र भिजन जती पहिला
थियो अहिले छैन । न्यौपाने असफल बन्दै जाँदा बैंकलाई आन्तरिक कलह मिलाउन निकै हम्मे परेको हो। शाखा विस्तारमा ध्यान दिएका न्यौपानेले बैंकलाई विश्वसनीय बनाउनेतर्फ भन्दा पनि कर्जा बाँड्नेतर्फ बढी ध्यान दिदा अहिले बैंकलाई आप्ठेरो अवस्थामा पुगेको छ।

व्यवस्थापनले न्यौपानेसँग यसको जबाफदेहीताबारे बुझ्दा न्यौपाने नाजबाफ हुने गरेको कर्मचारीहरु बताउँछन्। त्यसैले बैंकभित्रको आन्तरिक कलह झन् बढ्दै गएको कर्मचारीहरुको भनाइ छ। सीईओ न्यौपानेले केही महिनाअघि राजीनामा दिए पनि व्यवस्थापनले उनको जबाफदेहीतामाथि प्रश्न उठाएर राजीनामा स्वीकृत गरेको छैन। बैंकका कर्मचारीहरु अहिले बैंकमा काम गर्ने वातावरण नभएको बताउन थालेका छन् । उनीहरु सीईओ न्यौपानेलगायतको आन्तरिक कलह बैंकको कर्मचारीसम्म पुगेकाले समस्या सिर्जना भइरहेको बताउँछन्।जसकारण बैंकको व्यवसाय विस्तार घटेको छ भने निष्क्रिय कर्जा पनि उच्च छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा ४।६१ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही त्रैमासमा १।१९ प्रतिशतमात्रै रहेको निष्क्रिय कर्जा बढेको हो। विगतमा सीईओ न्यौपानेले कर्जा वितरण नै गरेकाले अहिले त्यो कर्जा नउठ्दा बैंकमा समस्या बढ्दै गएको हो। सुस्त अर्थतन्त्रको बहाना बनाए पनि एनआईसी एसियाबाट न्यौपानेले कर्जा र धितोको गुणस्तर नै नहेरी कर्जा बाँडेको आरोप लाग्दै आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनआईसी एसिया बैंकले सबैभन्दा कम नाफा कमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

बैंक पनि साथी पनिको भित्री लफडा बहिरिँदै