टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, १८ जनाविरुद्ध मुद्दा
टेलिकमको बिलिङ ठेक्कामा साढे ३३ करोड भ्रष्टाचार, १८ जनाविरुद्ध मुद्दा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर भएको छ । पहाडी तत्कालीन प्रमुख व्यावसायिक अधिकृत थिइन् । नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबी गरेको छ भने बिगोमध्ये खर्च भएको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैया प्रतिवादीबाट असुलउपर गर्न मागदाबी गरेको…