हक्की डिजीका कार्यशैलीले कालाबजारीया उद्योगीको रुवावासी

यी हक्की डिजीका कार्यशैलीले कालाबजारीया उद्योगी व्यवसायीको रुवावासी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको कुर्सीमा दोहोर्याएर पुगेका कुमार दाहाल ठूला व्यापारिक फर्महरुको कुकृत्यसँग लडिरहेका छन् ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन दशैं,तिहार तथा चाडपर्व आएपछि मात्र हुन्थ्यो । अरु समय विभागको काम न सुनिन्थ्यो न देखिन्थ्यो । अधिकांश कार्यालय प्रमुखको एउटै गुनासो हुन्थ्यो बजार अनुगमनका लागि बजेटै छैन । तर,कुमार दाहाल कुर्सीमा पुगे यता हरेक दिन जसो दशौं व्यापारिक फर्म,विद्यालय,होटल,हस्टिपटलसम्म अनुगमन भइरहेको देखिन्छ । र कारवाही पनि । दाहाल आठ बर्षपछि विभागको नेतृत्वमा दोहोरिएर पुगेका हुन । ८ वर्ष अघि उपसचिवबाट सहसचिवमा पहिलो पोस्टिङ नै विभागमा भएको थियो उनको । त्यस समय चौधरी ग्रुपको बदमासीविरुद्ध लड्दा खेदिएका दाहाल वैदेशिक रोजगार,यातायात कतै लामो समय टिकेनन अर्थात टिक्न दिइएन । बिज्ञापन दाहालले त्यस पछिको झण्डै एक बर्ष बिराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, एक वर्ष यातायात व्यवस्था विभागमा महानिर्देशक, ६ महिना राष्ट्रिय सूचना आयोग हुँदै नेपाल ट्रष्टतिर थन्काइएको थियो । अहिले पुन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लगिएको छ । त्यस यता उनले विभिन्न फर्महरुमा छापा हान्ने र जरिवाना तिराउने सिलसिला जारी राखेका छन् । मंगलबारमात्र ३ उद्योग तथा फर्मलाई २ लाख ६६ हजार रुपैयाँ जरिबाना तिराएको छ । ह्याम्स हस्पिटल समेत चलाउँदै आएका भण्डारी सर्जिकल हाउस प्रालिलाई २ लाख १ हजार जरिबाना तिराएको हो । उक्त सर्जिकल हाउसले सर्जिकल सामान, मेडिकल उपकरणमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ । यस्तै विभागले बूढानीलकण्ठ नगरपालिका–७ मा रहेको एभरग्रिन होम डेकोरलाई ५० हजार रुपैयाँ तिराएको छ । एभरग्रिन होम डेकोरले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको भन्दै विभागले उक्त जरिबाना तिराएको जनाएको छ । विभागको अनुगमन टोलीले मध्यपुर थिमी नगरपालिका–१ नरेफाँटको जिरे खुर्सानी रेट्रोलाई १५ हजार रुपैयाँ जरिबाना तिराएको छ । खरिद बिलबिजक नराखेको भन्दै उक्त रेट्रोलाई विभागले जरिबाना तिराएको हो । यस्का अलवा रोजवर्ड स्कुल,पाठशाला,बृहस्पति विद्यासदन,राय स्कुललाई समेत तिन दिनभित्र विभागमा उपस्थित हुन भनेको छ । यस अघि ललितपुरमा रहेको प्रिमियर इन्टरनेशनल स्कुल,जेम्स,मोर्डनमा छापा मारेको थियो । पछिल्ला समय काबजारीयालाई र कम तौलका उत्पादन बिक्री गरी ठगी गर्नेहरुलाई तह लगाउँदै छन्,दाहाल । यस अघि कसैले छुन नसकेका कमलकिशोर मालपानीको उद्योगमा छापा हान्ने काम समेत उनी नै विभागको नेतृत्वमा पुगेपछि भएको थियो । करोडौं राजस्व छलीमा मुछिएका कमलकिशोर मालपानीहरुले चलाएको श्रीराम टोबाको कम्पनीबाट उत्पादित गुट्खा लगायतका बिक्रीबितरण गर्ने पशुपति इन्टरनेशनल बिजनेश प्रालिमा छापाहानी सिलबन्दी गर्ने काम उनै दाहालको नेतृत्वमा भएको थियो । यसरी ठूला व्यापारिक फर्महरुको कुकृत्यसँग लडिरहेका कुमार दाहाल कालाबजारीयाहरुका लागि टाउको दुखाइ बन्न थालेका छन् ।